नियम
विवरण सच्याउने

(१) दर्ता भई सकेको व्यक्तिगत घटनाको विवरण कुनै कारणले सच्याउनु परेमा त्यस्तो कारण खोली सम्बन्धित प्रमाणपत्र नत्थी गरी सरोकारवाला व्यक्तिले स्थानीय पंजिकाधिकारीको कार्यालयमा निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको निवेदन प्राप्त भएपछि स्थानीय पंजिकाधिकारीले पंजिकाधिकारीको अनुमति लिई सम्बन्धित दर्ता कितावमा र प्रमाणपत्रमा समेत निवेदन बमोजिम सच्याउनु पर्ने कुरा सच्याई दिनु पर्नेछ । त्यसरी दर्ता भई सकेको विवरण सच्याउँदा एक रुपैयाँ दस्तुर लाग्नेछ ।